धादिङ । जिल्ला सदरमुकाम धादिङबेसीबाट २८ किलोमिटर दूरीको टारीबेसी जोड्ने सडकखण्ड स्तरोन्नतीका नाममा जनतालाई सास्ती भएको छ ।
स्तरोन्नती गर्ने जिम्मा लिएको लामा कन्सट्रक्सनले निर्माण थालेको १८ महिना बित्न लागिसक्यो तर अपेक्षित प्रगति भने हुन सकेको छैन । स्तरोन्नतीका नाममा खनेर लथालिङ्ग छोड्दा सडकमा पैदल, मोटरसाइकल मात्रै हैन ढुवानी साधनसमेत हिलोमा फस्ने गरेका छन् ।
निर्माण कार्य भइरहँदा एम्बुलेन्स लगायत अत्यावश्यक सवारीसाधन समेत चल्न सकेका छैनन् । आजको कान्तिपुरमा समाचार छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १२ जेठ २०७५, ०७ : १६
लेखकबाट थप