मन्त्रिपरिषदको बैठक बस्दै

सफल खबर संवाददाता

आइतबार, १५ जेठ २०७९, १२ : ०८
मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । मध्याह्न १२ बजे बस्ने बैठकले आर्थिक वर्ष २०७९/८० को बजेटबारे निर्णय गर्ने छ ।आज अपराह्न ४ बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले २०७९/८० को अनुमानित आय–व्ययको विवरण (बजेट) प्रस्तुत गर्ने छन् ।

आगामी निर्वाचन लक्षित हुने बजेटमा ज्येष्ठ नागरिक, कर्मचारी, उद्योगी–व्यवसायी, कृषक र युवालाई लक्षित गरी तलब–भत्ता वृद्धि, कर छुट, राहत, अनुदान लगायतका कार्यक्रम समेटिने स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस