काठमाडौं । निर्वाचन आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
वैशाख ३० गते भएको मतदान कार्यमा सीडीओ उपेन्द्रराज पौड्याल, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक चर्तुभुज ओझा तथा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक दिपक विष्टले सुरक्षा व्यवस्थामा गम्भीर लापरवाही गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने आयोगको ठहर छ । आयोगले बुढीगंगा नगरपालिकाको सम्पूर्ण मतदान रद्द गर्दै छिटै नयाँ समिति तोकिने जनाएको छ ।
बिहीबार बसेको आयोगको बैठकले सीडीओ सहितका प्रहरी अधिकारीलाई तीन दिनभित्र हटाएर सो पदमा अन्य जिम्मेवार कर्मचारीलाई खटाई स्थानीय तह निर्वाचनको प्रक्रिया अघि बढाउन उपयुक्त वातावरण तयार गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनीहरुलाई सेवा शर्त सम्बन्धी प्रचलित कानुन बमोजिम विभागीय कारबाही गरी तीन महिनाभित्र आयोगलाई जानकारी गराउन पनि निर्वाचन आयोग गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय पनि भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ जेठ २०७९, २० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगले पुनः सुरु गर्यो मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य
राष्ट्रिय दलको मान्यता पाउन संघमा तीन प्रदेशको प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव
मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु गर्ने आयोगको निर्णय
३७ सीटको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)
कीर्तिपुर र काठमाडौं-१६ मा निर्वाचन आयोगले खटायो अनुगमन टोली
उपनिर्वाचनको पर्यवेक्षणका लागि ९ संस्थालाई अनुमति