काठमाडौँ । गृहमन्त्री रमेश लेखकलाई कारवाहीको माग गर्दै दलित अधिकारकर्मीले नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरेका छन् । दलित अधिकारकर्मी खगेन्द्र सुनारको नेतृत्वमा केन्द्रीय कार्यालय, सानेपा पुगेको टोलीले विरोध प्रदर्शन गरेको हो ।
टोलीले केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारको विषयमा गृहमन्त्रीकै निर्देशनमा उनीहरूलाई पक्राउ पुर्जी जारी भएकाले कारबाही हुनुपर्ने उनीहरूको माग छ ।
काँग्रेस कार्यालय पुगेका उनीहरूले ‘दलित हिंसा गर्ने गृहमन्त्रीलाई कारबाही गर, जातीय हिंसामा संलग्न गृहमन्त्रीलाई बर्खास्त गर’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
यही विषयमा हिजो (बिहीबार)को संसद् बैठकमा बोल्ने धेरैजसो सांसदहरूले प्रश्न उठाएका थिए । आज जारी संसद् बैठकमा पनि गृहमन्त्री लेखक र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरमाथि छानबिन गर्नुपर्ने माग उठेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ माघ २०८१, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपद् व्यवस्थापनको अधिकार प्रदेशलाई दिइसक्यौँ : गृहमन्त्री लेखक
गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने भ्रममा पूर्वराजा हौसिन आवश्यक छैनः गृहमन्त्री लेखक
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः गृहमन्त्री लेखक
प्रक्रियागत कारणले अध्यादेश रोकिएका छन् चाँडै सदनले स्वीकार गर्ने बनाएर पारित गछौं : गृहमन्त्री
बेलुन विस्फोट घटना: प्रजिअ पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन
सशस्त्र र नेपाल प्रहरीलाई समयानुकूल बनाउने प्रयासमा सरकार : गृहमन्त्री लेखक