‘कबड्डी ४’ को बुकिङ सुरु, क्यूएफएक्समा मात्र ८५ शो

सफल खबर संवाददाता

मंगलबार, १० जेठ २०७९, ११ : ४७
‘कबड्डी ४’ को बुकिङ सुरु, क्यूएफएक्समा मात्र ८५ शो

काठमाडौं । जेठ १३ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कबड्डी ४’ को टिकट बुकिङ सुरु भएको छ ।

चलचित्र निर्माण टिमले सोमबारदेखि नै टिकट बुकिङ खुला गरेको हो । बुकिङ सुरु भएसँगै क्यूएफएक्स, बिग मुभिज, एफक्यूब, बीएसआर मुभिजलगायका मल्टिप्लेक्सहरुमा यसको उत्साह देखिएको छ । अधिकांश शोहरु छिटो–छिटो बुकिङ भइरहेका छन् ।

देशकै सबैभन्दा ठूलो चेन रहेको क्यूएफएक्सले यो फिल्मलाई ८५ शो दिएको छ ।पहिलो, दोस्रो र तेस्रो भागमा अत्याधिक दर्शकको साथ पाएको फिल्मको यो चौथो तथा अन्तिम भाग हो । त्यसैले फिल्मको नाममै भनिएको छ, ‘द फाइनल म्याच’ ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गाउँमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल र स्व. जयानन्द लामाको मुख्य भूमिका रहेको छ ।रामबाबु गुरूङले निर्देशन रहेको फिल्मलाई विशाल गुरुङ एलजी, सुष्मा गुरुङ, मधु मिजार, मणिराम पोखरेल र ओमचन्द रौनियारले निर्माण गरेका हुन् ।

निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेको फिल्ममा निमेश श्रेष्ठको सम्पादन र शैलेन्द्र डि. कार्कीको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस