चितवनमा फेरि बर्डफ्लु

सब्जीमण्डीमा बेच्न राखेका कुखुरामा पनि भेटियो बर्डफ्लु

विहीबार, १० जेठ २०७५, १८ : ००
सब्जीमण्डीमा बेच्न राखेका कुखुरामा पनि भेटियो बर्डफ्लु

चितवन । पूर्वीचितवनको खैरहनीमा बर्डफ्लु भेटिएको एक महिना नबित्दै चितवनको नारायणगढमा पनि बर्डफ्लु देखा परेको छ । नारायणगढस्थित बालकुमारी सब्जीमण्डीमा बिक्रीको लागि राखिएका कुखुरामा बर्डफ्लु देखिएको हो ।

यसैगरी भरतपुर महानगरपालिका वडा नम्बर ६ स्थित मयुर कटेजमा पालिएको लोकल हाँसमा पनि बर्डफ्लु देखिएको छ । दुबै ठाउँमा गरी २६ वटा कुखुरा र हाँस नष्ट गरिएको छ । यस्तै, पुूर्वी चितवनमा श्रेष्ठ पोल्ट्री फार्म र सम्पदा पोल्ट्री फार्ममा बर्डफ्लु लागेका १२ हजार कुखुरा नष्ट गरिएको छ । जिल्ला पशु सेवा कार्यालय भरतपुर चितवनका प्रमुख डा. चेतनारायण खरेलले ती सबै ठाउँमा करिब ७० लाखको क्षति भएको बताउनु भयो । अन्य लोकल कुखुरा र हाँस पनि नष्ट गरिएको र सम्भावित जोखिमयुक्त अन्य स्थानमा परीक्षणको लागि नमूना संकलनको काम भइरहेको उहाँले बताउनु भयो ।

 

 

प्रतिक्रिया दिनुहोस