नवलपुरको दुम्कीवासमा बस दुर्घटना हुदा३२ यात्रु घाइते

विहीबार, १० जेठ २०७५, १२ : ५६
नवलपुरको दुम्कीवासमा बस दुर्घटना हुदा३२ यात्रु घाइते

फाइल फोटो

चितवन । पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दुम्कीबास नजिक भएको बस दुर्घटनामा ३२ जना यात्रु घाईते भएका छन् । आज (बिहिबार) विहान काठमाण्डौंबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ७४५६ कर्णाली यातायातको बस दुम्कीवास नजिक ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाइतेहरु मध्ये ४ को अवस्था चिन्ताजनक रहेको छ भने, अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस