काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीमा न्यानो स्वागतको लागि प्रधामन्त्री शेरबहादुर देउवालाई धन्यावाद दिएका छन् । उनले लुम्बिनी आइपुगेको केही समयपछि सामाजिक सञ्जाल ट्वीटर मार्फत भनेका छन्, ‘लुम्बिनीमा न्यानो स्वागतको लागि प्रधानमन्त्री देउवालाई धन्यवाद दिन चाहन्छु ।’
भारतीय प्रधामन्त्री मोदी भारतीय वायु सेनाको हेलिकप्टरमा विहान लुम्बिनी आएका हुन् । बुद्ध जयन्त्रीको अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन उनी लुम्बिनी आएका हुन् ।
लुम्बिनीमा मोदीलाई प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए । त्यसपछि दुवै देशका प्रधानमन्त्रीले मायादेवीको मन्दिरमा एकसाथ प्रार्थना गरेका थिए । मोदीको आज ६ घण्टा लुम्बिनीमा बिताएर स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीका ७ विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी
लुम्बिनी सरकारबाट बाहिरियो जसपा, अहिरले दिए राजीनामा
लुम्बिनीमा माओवादीले फिर्ता लियो सरकारलाई दिएको समर्थन
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, आज शपथ
लुम्बिनी कांग्रेसको सम्मेलनमा ३ वटा प्रतिवेदन पेश
विद्युत् महशुल नतिरेपछि लुम्बिनीको स्वास्थ्य मन्त्रालयको लाइन काटियो