धरान उपमहानगरपालिकामा कांग्रेसको अग्रता, स्वतन्त्र उम्मेदवार साङपाङले पछ्याउदैं

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, ०७ : ५९
धरान उपमहानगरपालिकामा कांग्रेसको अग्रता, स्वतन्त्र उम्मेदवार साङपाङले पछ्याउदैं

धरान । धरान उपमहानगरपालिकामा ३ हजार ५०० मत गणना गर्दा मेयर पदमा गठबन्धनका उम्मेदवार किशोर राई अग्रस्थानमा छन् । पछिल्लो मत परिणामअनुसार उनले एक हजार ३४० प्राप्त गरेका छन् । स्वतन्त्रका उम्मेदवार हर्क साङपाङले ९२२ मत प्राप्त गरेका छन् ।  

नेकपा (एमाले) की मञ्जु भण्डारीले ७०६ मत प्राप्त गरेकी छिन् भने उपमेयरमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का आइन्द्रविक्रम बेघाले एक हजार ४२९ र एमालेका पदम लिम्बूले ८४४ मत प्राप्त गरेका छन् ।  

हाल वडा नं १, २ र ३ को मत गणना जारी छ । यी बजार क्षेत्र कांग्रेसको पकट क्षेत्र मानिन्छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा  १ र २ कांग्रेस र ३ मा एमालेले विजयी गरेको वडा हुन् । 

प्रतिक्रिया दिनुहोस