काठमाडौँ । नेपाली तेक्वान्दो टोली जापान प्रस्थान गर्ने भएका छन् ।
वाटा (डब्लुएटीए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको २१ औं संस्करणमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली आज (बिहीबार) जापानको ओसाका प्रस्थान गर्ने भएका हुन् ।
यही अप्रिल २५ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा खेलाडीले ग्योरोगी र पुम्से स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । ३० केजीमुनि हृदयणी बस्नेत, ३४ केजीमुनि जोलिना बस्नेत, २४ केजीमुनि सोहन पाठक, यू–१२ एकल पुम्सेमा सक्षम श्रेष्ठ र यू–१४ एकल पुम्सेमा आश्रय उपाध्यायले प्रतिस्पर्धा गर्ने छन् । नेपाली टोलीको प्रशिक्षकमा सरोज तामाङ रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० बैशाख २०८२, १३ : ३१
लेखकबाट थप