काठमाडौँ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा रुसी ड्रोन हमलामा कम्तीमा नौ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको गभर्नरले जानकारी दिएका छन्।
‘दक्षिणपूर्वी सहर मार्गानेट्समा ‘शत्रुको आक्रमणबाट नौ जनाको ज्यान गयो’, गभर्नर सेर्गी लिसाकले टेलिग्राममा लेखेका छन्, ‘घाइतेको सङ्ख्या निरन्तर बढ्दै गइरहेको छ।’ उनले हाल घाइतेको सङ्ख्या ३० पुगेको उल्लेख गरेका छन्।
युक्रेनी अधिकारीहरूले रुसी आक्रमणपछि धेरै क्षेत्रमा आगलागी भएको भनेका छन्। किभ, खार्किभ, पोल्टावा र ओडेसाका क्षेत्रहरूमा पनि आक्रमण भएको जनाइएको छ। रुसमा बेलगोरोड क्षेत्रमा भएको गोलाबारीमा एक जना घाइते भएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १० बैशाख २०८२, १३ : ४०
लेखकबाट थप