काठमाडौं । मतदातालाई पैसा बाँडिरहेको अवस्थामा एमालेका एक उम्मेदवारलाई सुर्खेत प्रहरीले नियन्त्रणका लिएको छ । उनलाई मौन अवधिमै बुधबार राती पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–११ का वडा अध्यक्षका उम्मेदवार राजन विसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
बिसीले मतदातालाई सोही वडाको एक बस्तीमा पैसा बाँडेको सूचना आएपछि प्रहरीले राती नै छापा हानेको थियो ।
प्रहरीले खानतलासी गर्दा बिसी पुगेको घरमा १ लाख १ हजार रुपैयाँ झोलामा राखेको नगद फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । घर्तीले घटनाबारे थप अनुसन्धान हुने जानकारी दिइए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ बैशाख २०७९, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले नेताहरुको भूमिगत अनुभव समेटिएको पुस्तक सेल्टर सार्वजनिक
एमाले विराटनगरको अध्यक्षमा बलराम गिरी विजयी
काँग्रेस नेताहरूको असन्तुष्टिबारे संयन्त्रमै छलफल गर्दा राम्रो हुन्छ’: नेकपा एमाले
वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन
एमालेको सचिवालय बैठक बस्ने
दोषी भए पूर्वराजालाई नागरिक जसरी दण्डको भागीदार बनाउँछौं: ईश्वर पोखरेल