चितवन। भरतपुर महानगरपालिका १ लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्ववार केशव महर्जनलाई स्वतन्त्र उम्मेदवारको समर्थन प्राप्त भएको छ । चुनाव चिन्न भुईकटहर पाएका कांग्रेस चितवनका योद्धा केशव जोशीले आफ्नो उम्मेदवारी फिर्ता लिदै महर्जनलाई समर्थन गरेका हुन् ।
आज विहान बागमति प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेसका नेता गीता वाग्लेको समन्वयमा उनिहरुविच उमेद्ववारी फिर्ता र समर्थन गरिएको हो । उमेद्ववारि फिर्ता लिदै जोशीले संविधानको रक्षाका लागि निर्माण भएको गठबन्धनले नै देशलाई विकास र सम्वृद्विको दिशामा अगाडि बढाउन सक्ने भएकाले आफुले गठबन्धनलाई समर्थन गरेको बताए ।
उम्मेद्ववारी मिलानलाई समन्वय गर्दै वाग्लेले नेकपा एमालेले संविधानलाई कुल्चिने काम गरेकाले गठबन्धनको आवश्यकता भएको भन्दै देशमा सुशासन र विकासका लागि लोकतान्त्रिक गठवन्धनको विकल्प नभएको वताए। लोकतान्त्रिक गठवन्धनका साझा उमेद्ववार केशव महर्जनले आफुलाई समर्थन गरेकोमा जोशीप्रति कृतज्ञता ज्ञापन गर्दै वडाको सम्रग विकासमा आफुले सबै पक्षलाई मिलाएर अगाडि वढ्ने प्रतिवद्वता व्यक्त गर्नुरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ बैशाख २०७९, १७ : ५३
लेखकबाट थप