चितवन । राष्ट्रिय सभा सदस्य तथा माओवादी केन्द्रका नेता नारायण दाहालले केपी ओलीको प्रहसन र कपिल शर्माले चलाउने कमेडी क्लब उस्तै उस्तै भएको बताएका छन ।
पाँच दलीय गठबन्धनले आईतबार भरतपुर १५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै दाहालले केपी ओलीको भाषण र कपिल शर्मा सो हेर्दा एकछिनको रमाईलो हुने बताए । ओलीको प्रहसनले उनका कार्यकतालाई एकछिन रमाईलो लाग्छ, कपिल शर्मा सो हेर्दा दर्शकहरु एकछिन रमाईलो मान्छन्–दाहालले भने।
पहिलो संविधान सभा सदस्य समेत रहेका दाहालले एमालेको तर्फबाट मेयरका उम्मेद्वार विजय सुवेदीले १५ वर्षअघि पनि गुरुयोजनाकै कुरा गर्ने गरेको र अहिले पनि गुरुयोजनाको कुरा गरिरहेको उल्लेख गरे ।
सधै उहाँ गुरुयोजनाको रटान लगाउनुहुन्छ, उनले भने ,‘उहाँ संसाददेखि मन्त्रीसम्म भईसक्नु भयो । अहिले पनि १५ वर्ष पुरोनो गुरुयोजना सुनाउदै हिड्नु हुन्छ । अहिलेसम केही भएको छैन ।’
केपी ओलीको पानी जहाज, घर घरमा ग्याँसका कुरा जस्तै विजय सुवेदीको पनि त्यही लय, शैली, भाषा एउटै तरिकाको छ, कुनै फरक पाईन । प्रगति भन्ने कुरा पाईन्–उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ बैशाख २०७९, १७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता प्रभावकारी बनाउनुपर्छ : नारायण दाहाल
स्वीट्जरल्यान्ड उड्नु अघि राष्ट्रिय सभा अध्यक्षले भेटे राष्ट्रपतिलाई
नारायण दाहालले लिए राष्ट्रियसभा अध्यक्षको शपथ
राष्ट्रियसभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता