काठमाडौं । पहिलो टी-२० खेलमा नेपालले जिम्बावे ‘ए’लाई १८२ रनको लक्ष्य दिएको छ ।
आदिल अन्सारीले विष्फोटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाएर १८१ रन बनाएको हो । आदिलले २७ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४७ रन बनाए ।
कुशल भुर्तेलले ३१ बल खेल्दै ८ चौका मद्दतमा ४६ रन बनाए । यस्तै राेहितकुमार पौडेलले २६ बलमा ३६ र दीपेन्द्रसिंह ऐरीले १३ बलमा २८ रन जोडे । करण केसी ४ रनमा अविजित रहे ।
बलिङमा जिम्बावेका ब्राड ईभानेस, लुक जोङ्गले, ब्रान्डन माभुता र जोन मासाराले एक-एक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ बैशाख २०७९, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसिया कप खेलेर स्वदेश फर्कियो राष्ट्रिय महिला क्रिकेट टिम
टी-२० अलराउन्डरको विश्व वरियताको छैटौँ नम्बरमा उक्लिए दीपेन्द्र सिंह ऐरी
२४ बलमा ३३ रन बनाउँदै आउट भए कप्तान रोहित