धिरजप्रताप सिंह नेपाल प्रहरीको आईजीपी नियुक्त

सफल खबर संवाददाता

आइतबार, १८ बैशाख २०७९, १४ : ०९
धिरजप्रताप सिंह नेपाल प्रहरीको आईजीपी नियुक्त

काठमाडौँ ।सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो। हालका आईजीपी शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधिका कारण आजदेखि अनिवार्य अवकाशमा गएपछि सरकारले नयाँ आईजीपी नियुक्त गरेको हो।एआईजीहरु विश्वराज पोखरेल, सशकुल थापा र रवीन्द्र धानुक पनि आईजीपीको प्रतिस्पर्धामा भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाको रोजाइमा परेपछि सिंहले नेपाल प्रहरीको कमाण्ड सहाल्ने मौका पाएको स्रोतले बतायो।

गृहमन्त्री खाँण भने विश्वराज पोखरेललाई आइजिपी बनाउने सोचमा थिए। यसैकारण आइतबार बिहान ११ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक दुई घन्टा ढिलो गरी बसेको हो।

प्रतिक्रिया दिनुहोस