हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज हेटौंडा आउँदै छन् । एमाले मकवानपुरले हेटौंडामा आयोजना गर्न लागेको आमसभालाई सम्बोधन गर्न ओली हेटौंडा आउन लागेका हुन् ।
स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर, अन्तरार्ष्ट्रिय श्रमिक दिवसको अवसरमा ओलीले सम्बोधन गर्नेछन् । आमसभामा मकवानपुरका १० वटै स्थानीय तहका एमालेका उम्मेदवार, नेता, कार्यकर्तासहित ४० हजार भन्दा बढीको सहभागिता रहने दाबी गरिएको छ ।
आमसभाको सम्पूर्ण तयारी सकिएको एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए । हेटौंडा उपमहानगरपालिकाका विभिन्न चार वटा नाकाबाट पैदल र्याली गरी हुप्राचौरमा आमसभा गरिने श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ बैशाख २०७९, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली राजदूत ओलीले बुझाए चिनियाँ राष्ट्रपति सीसमक्ष ओहदाको प्रमाण पत्र
ओलीलाई बीआरआई परियोजना स्वीकार्न माधव नेपालको सुझाव
प्रधानमन्त्री ओलीले गरे पाँचतारे होटल लेमन ट्रिको उद्घाटन
यस्ता छन् ओली सरकारले एक महिनामा गरेको मुख्य काम र विवाद
दलित समुदायविहीन बन्यो ओली नेतृत्वको मन्त्रिपरिषद्
यी हुन् ओली मन्त्रिपरिषद्का मन्त्रीहरू (सूचीसहित)