एजेन्सी । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
बुधबार राति घरेलु मैदान इतिहादमा सिटीले ब्राइटनलाई ३-० गोल अन्तरले हराएको हो । सिटीको जितमा रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले १-१ गोल गरे ।
घरेलु मैदानमा सिटीले तीनै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ५३औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ६५ औं मिनेटमा फोडेनले २-० को अग्रता बनाए । ८२ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ३-० को सहज जित दिलाए ।
जितसँगै सिटीले ३२ खेलमा ७७ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । अघिल्लो रात म्यानचेस्टर युनाइटेडलाई हराउदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको थियो । पराजित ब्राइटन ४० अंक जोडेर दशौँ स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०८ बैशाख २०७९, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इंग्लिस प्रिमियर लिग : आर्सनलको लगातार दोस्रो जित
इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात
टोटनह्यामलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा
क्रिस्टल प्यालेसमाथि म्यानचेस्टर सिटीको शानदार जित
म्यानचेस्टर सिटीको सहज जित
इंग्लिस प्रिमियर लिग : लिभरपुलसँग न्यूक्यासल ४–२ ले पराजित