काठमाडौं । कैलालीमा चुनावी तालमेलका लागि गठबन्धन दलबीच छैठौं पटक बसेको बैठक पनि निष्कर्ष विहीन बनेको छ । केन्द्रमा पाँच दलीय गठबन्धनमै रहेको जसपा भने कैलालीमा गठबन्धनबाट बाहिरि सकेको छ ।
शनिबार बसेको चार दलबीचको बैठकमा सबै दलले आआफ्नो अडान कायमै राखेपछि सहमति जुट्न नसकेको हो । चुनावी तालमेलका लागि शनिबार बसेको बैठकमा नेपाली कांग्रेसले जिल्लाका १३ मध्य १०, नेकपा माओवादीले ६ र एकीकृत समाजवादीले चार स्थानीय तहमा दाबी गरेको थियो ।
कांग्रेसले यसअघि पालिका तोकेर आफ्नो दाबी भने गरेको थिएन । तर, शनिबार भने १३ मध्य धनगढी उपमहानगरपालिका सहित १० पालिका आफूले पाउनु पर्ने भन्दै दाबी गरेको हो ।
यसैगरी नेकपा माओवादी केन्द्रले पनि यसअघि दुई (कैलारी गाउँपालिका र भजनी नगरपालिका)मा मात्रै दाबी गर्दै आएकोमा शनिबारको बैठकमा भने ६ पालिकामा दाबी गरेको छ ।
एकीकृत समाजवादीले यसअघि पाँच पालिकामा दाबी गर्दै आएकोमा शनिबार चार पालिकामा दाबी गरेको बैठकमा सहभागि राष्ट्रिय जनमोर्चाका कैलाली अध्यक्ष जगतराज जोशीले बताए ।
उनका अनुसार जिल्ला तहबाट भागबण्डाको कुरो नमिलेपछि दलहरूको दाबीसहितको विवरण गठबन्धनको प्रदेश समितिमा पठाउने निर्णय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ बैशाख २०७९, २१ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : उपप्रधानमन्त्री सिंह
एकीकृत समाजवादीले स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन गर्ने
आवश्यक परे अध्यादेश ल्याउन सकिन्छ, तर अहिले तयारी छैन : प्रधानमन्त्री ओली
काँग्रेस सदनलाई बन्धक बनाएर गठबन्धन भत्काउने चलखेलमा छ : एमाले
वर्तमान गठबन्धन भत्काउन देशी-विदेशी शक्ति लागि परे : केपी ओली
गठबन्धन कार्यदलको बैठक बालुवाटारमा