काँग्रेस सदनलाई बन्धक बनाएर गठबन्धन भत्काउने चलखेलमा छ : एमाले

सफल खबर संवाददाता

आइतबार, १३ जेठ २०८१, १९ : ०२
काँग्रेस सदनलाई बन्धक बनाएर गठबन्धन भत्काउने चलखेलमा छ : एमाले

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काँग्रेस वर्तमान सत्ता समीकरण भत्काउने चलखेलमा लागेको आरोप लगाएका छन् ।

आइतबार झापामा दोस्रो बिर्तामोड नगर अधिवेशन उद्घाटन गर्दै उनले मुलुकमा अहिले राजनीतिक अन्योलको अवस्था रहेको बताए । नेपाली काँग्रेसले संसदमा अवरोध सिर्जना गर्ने दुष्प्रयत्नबाट अस्थिरता सिर्जना गरी सरकारमा सहभागी हुने चलखेलमा लागेको उनको जिकिर छ ।

आफू सरकारमा पुग्नका लागि काँग्रेस संसद्लाई बन्धक बनाउन लागि परेको भन्दै पोखरेलले संसदको अवरोध नेपालको विकास र समृद्धिका लागि बाधक भएको टिप्पणी गरे ।

 

प्रतिक्रिया दिनुहोस