एजेन्सी । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले सवारी चालकहरूको लागि इन्धन आपूर्ति सीमित गरेको छ ।
सरकारको स्वामित्वमा रहेको सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी) ले दुई पांग्रे सवारी साधन भएका व्यक्तिहरूलाई एक पटकमा बढीमा १ हजार श्रीलंकाली रुपैयाँ बराबरको पेट्रोल दिने भएको छ ।
जबकि तीन पांग्रे सवारी साधनले १५ सय श्रीलंकाली रुपैयाँ मूल्यको इन्धन (पेट्रोल वा डिजेल) र कार, भ्यान र जिपले ५ हजार रुपैयासम्मको पाउन सक्नेछन् । तर, बस, लरी र अन्य व्यावसायिक सवारी साधनमा भने यो सीमा लागू हुनेछैन ।
यसैबीच, सिलोनका धेरै पेट्रोल स्टेसनबाहिर इन्धन भर्नेहरुको लामो लाइन लागेको छ । धेरैले पेट्रोल लिन घण्टौँ कुरेर पनि खाली हात फर्किन बाध्य भएको गुनासो गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०३ बैशाख २०७९, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंकाको पर्यटन आम्दानी ५३ प्रतिशतले वृद्धि
प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता
पैसा बचाउन पूर्व राष्ट्रपतिको सुरक्षामा कटौती गर्दै श्रीलंका
श्रीलंकाको अर्थतन्त्र उद्धारमा उल्लेखनीय प्रगति, ऋण पुनर्संरचनामा सहमति
हरिणी अमरसूर्या श्रीलंकाको प्रधानमन्त्रीमा पुन: नियुक्त
श्रीलंकामा वाम गठबन्धनको शानदार जीत