चितवन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले जनताले अनुभूति गर्ने गरि देशको विकास हुन नसकेको बताएका छन। भरतपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले साँढेको टाङमुनि बाल्टी थापेर दूध नआउने प्रसङ्ग सुनाउदै ठुला भनिने दलहरुलाई भोट दिएर देश बन्छ भनेर सोच्नु गलत हुने बताए।
उनले अब विकल्प सोच्ने बेला आएको बताए । चुनावलाई ख्यालख्याल नठानौँ उनले भने, 'भोट दिनुभन्दा अगाडी हजार पटक सोच्नुस्, बाजे-बाउको पार्टी भनेर भोट नदिनुस्, ठिक पार्टी र ठिक नेता चुन्नुपर्छ' । गएका चुनावहरुमा ठिक पार्टी र नेता चुन्न नसक्दा देश र जनताले दुस्ख पाएको बताए । जनतालाई गाइगोठको वस्तु ठान्ने नेताहरुले जनताका समस्या हल गर्नै नसक्ने बताए।
३२ वर्षदेखि शासन गरेका दलहरु प्रति देखेर दया लागेको बताए । उनले बन्न नसकेका पालिकाहरुको नेतृत्व गर्न एकचोटि राप्रपालाई दिनुपर्ने बताए । देश कस्तो बनाउने तीनै पालिकाको विकास गरेर देखाउँछौँ उनले भने , 'नमुना पालिका बनाउनेछौँ '। उनले असफल पार्टीहरुलाई यसपालि विदाइ गर्नुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ बैशाख २०७९, १७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्ड, माधव नेपाल र राजेन्द्र लिङदेनबिच छलफल
सरकारले एनसेललाई दुहुनो गाईको रुपमा प्रयोग गर्दैछ : राजेन्द्र लिङदेन
क्रान्तिकारीहरूले ‘पुजार सार्की’ हेरेर आफूलाई समीक्षा गर्नुस्: राजेन्द्र लिङदेन
राप्रपा अध्यक्ष लिङ्देनद्वारा ८९ औँ पटक रक्तदान