नवलपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी युवाहरुको भएको बताएका छन् । नवलपुरको देवचुली प्रगतिनगरमा युवाहरूद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपा नेपाल युवाहरूको निमित्त खडा भएको पार्टी रहेको दाबी गरे ।
युवामा नेतृत्व हस्तान्न्तरण भएपछि राप्रपा त्यागेर राप्रपा नेपालमा प्रवेश गरेको आरोप खेपेका उनले राप्रपा नेपालमा रहने युवाको भविष्य बरबाद नहुने गरि आफुले राजनीतिक एजेन्डा बोकेको बताए ।
गत मंसिरमा भएको महाधिवेशनमा युवाहरुको साथ र समर्थन पाएका राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि राप्रपा त्यागेर थापा राप्रपा नेपालको नेतृत्व सम्हाल्न पुगेका हुन् ।
तत्कालीन अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्व हस्तान्तरणमा सहमत भए पनि लिङ्देनसँग अध्यक्षमा प्रतिस्पर्धा गरेर पराजित भएका थापाले देशलाई दूरावस्थामा पु-याउने भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन र कुशासनविरुद्धमा युवाहरूले आवाज बुलन्द पार्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ बैशाख २०७९, १७ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिने हिम्मत गर्नुपर्छ : कमल थापा
राप्रपा नेपाललाई बलियो राष्ट्रवादी शक्ति बनाएरै छाड्छु : कमल थापा
कमजोर भएर पार्टी एकताको प्रस्ताव गरेको होइन : कमल थापा
प्रधानमन्त्री ओली र कमल थापाबिच भेट, के भयो कुराकानी ?
राप्रपाको केन्द्रीय समिति बैठक भोलि बस्दै
यथार्थतालाई बङ्ग्याएर गणतन्त्रको दुहाई दिनु वीपीको अपमान हो : कमल थापा