काठमाडौं । कैलालीको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दिलिप दास, मनोज भण्डारी, वमबहादुर बोहरा, सुमित साउद छन्। महानगरीय अपराध महाशाखा टोलीका अनुसार उनीहरुलाई रुपन्देहीको बेलहियाबाट पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार हत्या गरी उनीहरू भारत गएर लुकेर बसेका थिए। काम खोज्न भैरहवा आएका उनीहरूलाई महाशाखाको टोलीले पक्राउ गरेर काठमाडौंमा ल्याएर आज सार्वजनिक गरेको हो ।
गत पुसमा जानकी गाउँपालिका-९ स्थित अमरावती सामुदायिक वनभित्र सोही ठाउँका २५ वर्षीय अर्जुन दास मृत फेला परेका थिए। टाउको काटेर छुट्याएर रुखमा बाँधेको अवस्थामा दासको शव भेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ बैशाख २०७९, १३ : ००
लेखकबाट थप