काठमाडौँ । नेकपा एमालेको उपमहासचिव तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले एमालेका नेता कार्यकर्ताको कार्यशैलीमा सुधार गर्नुपर्ने बताएका छन् ।
एमाले बागमती प्रदेश सम्पर्क समितिद्वारा आयोजित देउसी भैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको पाराले मिसन ०८१ ले हावा खाने टिप्पणी गरे ।
उनले भने, ‘अहिले हामीले मिसन ०८१ भनेका छौँ। यस्तो पाराले मिसन ०८१ ले हावा खान्छ । त्यो पुरा गर्ने हो भने सबै वामपन्थीहरूको आस्थाको केन्द्र एमाले बनाउनुपर्छ । सबैलाई एमालेमा ल्याउनुपर्छ । त्यो आयो भने मेरो ठाउँमा त्यो उम्मेदवार हुन्छ भन्ने सोचले अगाडि बढ्न सक्दैन । अरु पार्टीका राम्रा नेताहरूलाई ल्याउन पहल गर्नुपर्छ ।’
उनले पार्टीका सबै नेता कार्यकर्ता कमजोरीको पनि समीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिए । पार्टी कार्यालय बनाउन व्यवसायी मिनबहादुर गुरुङले दिएको दाने जग्गाबारेमा पार्टीका नेता तथा कार्यकर्ताहरूले बचाउ नगरेको भन्दै आक्रोश पोखे । उनले काँग्रेस एमाले मिलेर बनाएको सरकारले अपेक्षाअनुसार काम गरेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ कार्तिक २०८१, १८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ
आइटी उद्योगमार्फत रोजगार सिजर्ना गर्न सकिन्छः सञ्चारमन्त्री गुरुङ
पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई समृद्धितर्फ उन्मुख गर्न सकिने
डिजिटल नेपाल सरकारको पहिलो एजेण्डा : सञ्चारमन्त्री गुरुङ
मानवता नै सर्वोच्च धर्म हो : सञ्चारमन्त्री गुरुङ
यो सत्ता समीकरण ०८४ सम्मै जान्छ : सञ्चारमन्त्री गुरुङ