काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेलाई सरकार राजनीतिक प्रतिशोध साँधेर बदनियत राखी पक्राउ गरी हिरासतमा राखेको भन्दै आपत्ति जनाएको छ ।
प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै संसदीय छानबिन समितिले सहकारीको बचत अपचलनमा संलग्न नरहेको र सहकारीबाट ऋणसमेत नलिएको तथ्य सार्वजनिक हुँदा पनि सरकारले प्रतिशोध राखेको जिकिर गरेका छन् ।
राजनीतिक प्रतिशोध र बदनियत देखिएकाले पक्राउ पश्चात् देशका विभिन्न क्षेत्रहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य, शुभचिन्तक तथा न्यायप्रेमी नागरिकहरुले विरोध प्रदर्शन गरिरहेको जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘विरोध र आन्दोलन कुनै आधार र कारण नै नभई गैर-कानूनीरुपमा निर्दोष व्यक्तिलाई पक्राउ गर्ने राजनीतिक पूर्वाग्रह र प्रतिशोधको खेल विरुद्ध हो भन्ने सबैमा स्पष्ट पार्न चाहन्छौँ । सहकारीमा बचत रकम हिनामिना, अपचलन वा ठगी गर्न सक्ने भनेको केवल सहकारीका सञ्चालक, व्यवस्थापक, ठुला ऋणी र कर्मचारीको मिलेमतोमा मात्र हो । तर, रवि लामिछाने कुनै पनि सहकारीको सञ्चालक, व्यवस्थापक, ऋणी वा कर्मचारी नभएकाले सहकारीमा उहाँको पहुँच पुग्नै सक्दैन । यस विवादित विषयलाई संगठित अपराधसँग पनि जोडिएको छ ।’
गोर्खा मिडिया नेटवर्कमा सहकारीको पैसा आएको सन्दर्भमा कम्पनी र कम्पनीको दायित्व सम्बन्धी प्रतिपादित विश्वव्यापी सिद्धान्त अनुसार कम्पनीका निर्देशक, शेयरधारक, कर्मचारी र एजेन्टहरू अलग कानुनी व्यक्ति मानिने उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीको साझेदार ठग, चोर, डाँका, ज्यानमारा हुँदा त्यसका आधारमा कम्पनीमा संलग्न सबै साझेदार अपराधी करार हुँदैन । साथै, कम्पनीको सिद्धान्तअनुसार पनि जुन व्यक्तिले गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट पैसा लिई आफ्नो तर्फको ऋण स्वरूप गोर्खा मिडिया नेटवर्कमा दिने काम गर्यो सोही व्यक्तिले सजाय पाउने हो । सहकारीबाट पैसा ल्याउने काम जीवी राईले गरेको स्पष्ट रहेकाले उक्त अपचलन बापतको सजाय पाउने पनि राईले नै हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ कार्तिक २०८१, १८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाथीभरामा केवलकार निर्माण स्थगन गरियोस् : रास्वपा
आजदेखि रास्वपाको सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’
प्रधानमन्त्री ओलीले बोल्दाबोल्दै प्रतिनिधि सभा बैठक कक्षमा रास्वपा सांसदको प्रवेश
रवि लामिछाने संसदीय दलको कार्यालय जाँदै, सभामुखलाई भेट्ने
रास्वपा संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेन्डा
रास्वपाको सचिवालय बैठक बस्दै