काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का दुई नेताहरुले बिहीबार नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।
नेकपाको सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलाले बिहीबार बिहान खुमलटारमा गएर प्रचण्डसँग भेटे गरेका हुन् । चुनावको पक्षमा रहेका विप्लव र खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको भोलिपल्ट उनीहरु प्रचण्डलाई भेटेका हुन।
‘नयाँ बर्ष २०७९को शुभकामना सहित हाम्रा बन्दीहरू रिहाइका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग छलफल,’ भेटबारे नेता बास्तोलाले फेसबुकमा लेखेका छन्, ‘लामो समयदेखि बिरामी रहनुभएकी प्रचण्ड पत्नी सीता दाहलसंग भेट सुस्वास्थ्यको कामना ।’
वली र बास्तोला दुवै स्थानीय चुनावमा जान नहुने पक्षमा छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ बैशाख २०७९, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने नेकपाको निर्णय
माओवादीसँगको एकताबाट भागेको छैन : विप्लव
भारत, अमेरिका र युरोपको रवैयाअनुसार प्रतिक्रिया दिँदै अघि बढ्नुपर्छ : ‘विप्लव’
विप्लव नेतृत्वको नेकपाको आजवाट पोलिटब्युरो बैठक
प्रधानमन्त्री ओलीसँग विप्लव र प्रकाण्डको भेटवार्ता
एसपीपी सम्झौता गर्ने, बीआरआई रोक्ने षड्यन्त्र भइरहेको छ : विप्लव