सानिमा बैंक र नेपाल नेत्र ज्योति संघबिच समझदारी

सफल खबर संवाददाता

मंगलबार, २९ चैत्र २०७८, १२ : २६
सानिमा बैंक र नेपाल नेत्र ज्योति संघबिच समझदारी

काठमाडौं । सानिमा बैंक लिमिटेड तथा नेपालमा दृष्टिहिनताको क्षेत्रमा कार्यरत अग्रणी संस्था नेपाल नेत्र ज्योति संघका बिचमा दृष्टि सम्बन्धी समस्याका क्षेत्रमा पारस्परिक सहकार्य गर्न समझदारी भएको छ । 

उक्त समझदारी पत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे र नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्रा.डा.चेतराज पन्तले हस्ताक्षर गनरेका छन । यसै क्रममा सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मधेश प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा रहेका नेपाल नेत्र ज्योति संघ मातहतमा संचालित आँखा उपचार केन्द्र तथा अस्पतालमा आँखा सम्बन्धी रोगको उपचार तथा उपकरण खरिदका लागि आर्थिक सहयोग उपलब्थ गराउने छ ।

सानिमा बैंक लिमिटेडले विगतमा पनि दृष्टि सम्बन्धी समस्याको रोकथाम र न्यूनीकरणको लागि संघसँग सहकार्यको काम गर्दै आएको अवस्थामा यस समझदारीले सम्बन्धित प्रदेशका लक्षित वर्गमा दृष्टि सम्बन्धी समस्याको समयमै पहिचान, रोकथाम तथा उपचारमा अझ बढि टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
सानिमा बंैकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११५ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस