काठमाडौं । सत्तारूढ गठबन्धनले स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको गृहकार्य सुरु गरेको छ। कांग्रेस नेता रामचन्द्र पौडेल संयोजक रहेको निर्वाचन तयारी र अनुगमन समितिले साझा उम्मेदरवारको मापदण्डबारे छलफल सुरु गरेको हो।
पाँचदलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति गरे पनि त्यसको मोडालिटी कस्तो हुने भन्ने तय गरेको छैन। यसअघि बसेको गठबन्धनको बैठकले राष्ट्रिय सभा निर्वाचनमा गरिएको मोडल अपनाउनेबारे छलफल गरेको थियो। कांग्रेस नेता तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभा मोडल एउटा विकल्प हुन सक्ने बताएका थिए। राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनले नेकपा एमालेले जितेका सिटमा भागवण्डा गरेको थियो।
सिट बाँडफाँटका लागि पौडेल नेतृत्वको समितिले सबै जिल्लाबाट स्थानीय तहमा कसको प्रभाव कस्तो भन्ने प्रतिवेदन पठाउन भनेको छ। सोही प्रतिवेदनको आधारमा साझा उम्मेदवार टुंगो लगाउने गठबन्धनको तयारी छ। तर अहिले नै भने कुन आधारमा सिटको टुंगो लगाउने भन्ने मोडालिटी तयार भइसकेको छैन। स्थानीय तह निर्वाचनमा वैशाख १२ र १३ गते उम्मेदवारी मनोनयनको मिति तय भइसकेको छ।
पौडेल नेतृत्वको समितिले २६ गतेभित्र सबै स्थानीय तहको अवस्थाको प्रतिवेदन पठाउन सबै जिल्लालाई निर्देशन दिएको छ।‘चैत्र २६ गतेभित्र जिल्लाको प्रभावको बारेमा रिपोर्टिङ गर्न भनिएको छ’, पौडेलले भने, ‘अहिले सामान्य मापदण्डबारे छलफल सुरु भएको छ। त्यसपछि प्रतिवेदन हेरेर आवश्यक निर्णयमा पुग्छौं।’
गठबन्धनको चैत्र १७ गते बसेको बैठकले चुनावी तालमेलको सहमति गरेको थियो। स्थानीय तहबारे चैत्र २२ गतेभित्र केन्द्रमा रिपोर्टिङ गर्न भनिए पनि प्रतिवेदन नआएपछि मिति थप गरिएको हो। गठबन्धन दलहरुले केन्द्रमा तालमेलको निर्णय गरेपछि जिल्ला जिल्लामा पनि गठबन्धनका दलहरुले तालमेलको निर्णय गरेर सन्देश दिन खोजेका छन्। चितवन, रुपन्देही, लमजुङ लगायतका ठाउँमा जिल्ला पार्टीले समेत गठबन्धनको निर्णय गरिसकेका छन्।
मंगलबार बसेको गठबन्धनको बैठकले कांग्रेस नेता पौडेलको संयोजकत्वमा दश सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति गठन गठनको निर्णय गरेको थियो।समितिमाकांग्रेसबाट महामन्त्री गगन थापा र ज्ञानेन्द्र बहादुर कार्की, माओवादीबाट नेता वर्षमान पुन र गुरुङ, एकीकृत समाजवादीबाट महासचिव भुसाल र उपमहासचिव विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी रहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ चैत्र २०७८, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : उपप्रधानमन्त्री सिंह
एकीकृत समाजवादीले स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन गर्ने
आवश्यक परे अध्यादेश ल्याउन सकिन्छ, तर अहिले तयारी छैन : प्रधानमन्त्री ओली
काँग्रेस सदनलाई बन्धक बनाएर गठबन्धन भत्काउने चलखेलमा छ : एमाले
वर्तमान गठबन्धन भत्काउन देशी-विदेशी शक्ति लागि परे : केपी ओली
गठबन्धन कार्यदलको बैठक बालुवाटारमा