काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ ।
आज को दिन सरस्वतीका मन्दिरमा विद्यार्थीको घुइँचो लाग्ने गर्दछ आजकै दिन साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ।
सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ। आज कै दिन विद्यार्थीहरू नजिकैको सरस्वती मन्दिर र कतिपय आफ्नै विद्यालय पुगी पूजा गर्ने गर्दछन्।
तस्बिरमा तारकेश्वर नगरपालिका वडा नम्बर १० मनमैजुमा स्थित मानसिंह धर्म मावि मा बिहानै देखि सरस्वती पूजा गर्दै विद्यार्थीहरू ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ माघ २०८१, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरस्वती पूजाका लागि मूर्ति बनाउन भ्याइनभ्याइ
आज बसन्त पञ्चमी, सरस्वती पुजा कसरी गर्ने ?