काठमाडौं । विश्वभरीका धनीहरुकोबारेमा सुची प्रकाशन गर्ने फोब्सले यो वर्ष पनि विश्वभरीका डलर अर्बपतिहरुको सुची सार्वजनिक गरेको छ । गए राती सार्वजनिक सुची अनुसार दक्षिण एसियामा भारतमा बाहेकका अर्वपति नेपालका विनोद चौधरी मात्र रहेका छन् । दक्षिण एसियाका देशहरुमध्ये डलर अर्वपति रहेका देशमा भारत र नेपालमात्र परेका हुन् । दक्षिण एसियाका अन्य मुलुकहरु श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश, माल्दिप्स र अफगानिस्तानका कुनैपनि व्यवसायी अर्वपतिको सुचीमा परेका छैनन् । नेपालका एकमात्र डलर अर्वपति विनोद चौधरीको सम्पत्तीमा पनि वृद्धि भएको छ । फोब्सका अनुसार उनको सम्पत्ती गत वर्ष १.४ अर्व डलर रहेकोमा यो वर्ष दश करोड डलरले वृद्धि भई १.५ अर्व डलर पुगेको छ । व्यवसायी चौधरी फोब्सको सुचीमा १९२९ नम्बरमा छन् । चौधरी २०१३ देखि अर्बपतिहरुको सुचीमा निरन्तर रहदै आएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव प्रतिनिधिसभाका सदस्य समेत रहेका व्यवसायी चौधरी पछिल्लो समय राजनीतिमा सक्रिय छन् । एउटा व्यक्तिमात्र धनी हुदैमा आफुलाई सन्तुष्टि नमिल्ने बताउदै चौधरीले देशलाई आर्थिक रुपले समृद्ध बनाउन सक्दाको दिनमा मात्र वास्तविक आत्मसन्तुष्टि मिल्ने बताए । ‘मेरो सपना समृद्ध नेपाल निर्माण गर्ने हो’, चौधरीले भने,‘आफुसंग भएको ज्ञान र सिकेको सिप सबै नेपालीले देखेको देशको आर्थिक समृद्धिको सपना साकार पार्न प्रयोग गर्न सकौं भनेर नै म राजनीतिमा आएको हु ।’
यस्तै उक्त सुचिकाअनुसार दक्षिण एसियाको अर्को मुलुक छिमेकी भारत विश्वका धेरै अर्वपति रहेको मुलुकहरुमध्ये तेस्रो भएको छ । भारतमा १ सय ६६ अर्वपति रहेका छन् भने अर्को छिमिकी चीनमा ५ सय ३९अर्वपति रहेका छन् । सुचिको सबैभन्दा माथी रहेको अमेरिकामा अर्वपतिहरुको संख्या ७ सय ३५ रहेको छ ।
२९०.३ अर्व डलर सम्पत्ती रहेका एलन मस्क यस वर्ष पनि विश्वको सर्वाधिक धनी व्यक्ती भएका छन् । यस्तै दोस्रो धनी जेफ बेसोजको सम्पत्ती १८९.८ रहेको छ भने बर्नाड र बिल गेट्स क्रमशः तेस्रो र चौथो धनी रहेका छन् । भारतका गौतम अदानी र मुकेश अम्बानी पहिलो दशको सचीमा रहेका छन् । अदानी नवौं र अम्बानी दशौं नम्बरमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ चैत्र २०७८, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डक परियोजनासम्बन्धि भारतसँग भएका सम्झौता कार्यान्वयनका लागि पहल गर्न माग
उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग
ममाथि प्रतिशोध साधेर स्टन्टको राजनीति गर्न खोजियो : विनोद चौधरी
राजनीतिक भाषणमा होइन, विकासको राजनीतिमा विश्वास गर्छु : विनोद चौधरी
बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीलाई बयानमा बोलाउँदै अख्तियार
विनोद चौधरीको बयान : सञ्चालक समितिले गरेको निर्णयमा हाम्रो परिवारको भूमिका छैन