बुटवल । घरको ठेगाना पत्ता लगाउन रुपन्देहीको सैनामैना नगरपालिकाले घरघरमा क्यूआर कोड स्टिकर जडान गर्न सुरु गरेको छ । प्रत्येक घर या कार्यालयमा टाँसिने क्यूआर कोडले यहाँको ठेगाना सजिलै पत्ता लाग्ने र दुरीलगायतका विवरण प्राप्त गर्न सकिनेछ ।
क्यूआर कोड स्टिकर जडान गर्दै सैनामैना नगरपालिकाका नगरप्रमुन्न चित्रवहादुर कार्कोले पालिकाले भूउपयोग योजना, अद्यावधिक योजना, नगर यातायात गुरुयोजना र नगर प्रोफाइल निर्माण गर्ने क्रममा घर डिजिटाइजेसनको काम सम्पन्न गरेको बताए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २२ चैत्र २०७८, ०७ : ४०
लेखकबाट थप