त्रिकोणात्मक टी-ट्वान्टी

त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको उपाधि नेपाललाई

सफल खबर संवाददाता

सोमबार, २१ चैत्र २०७८, १५ : ४१
त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको उपाधि नेपाललाई

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ । सोमबार टियु क्रिकेट मैदानमा भएको फाइनल खेलमा पाहुना टोली पपुवा न्युगिनी (पीएनजी)लाई ५२ रनले पराजित गर्दै नेपाले उपाधि जितेको हो । 

नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी ओभरमा विकेट गुमाउँदै रनमै समेटियो ।  पपुवा न्युगिनीका लागि सेसे बाउले अर्धशतकिय पारी खेले । उनले ३८ बलमा १ चौका र ६ छक्काको मद्धतमा ५९ रनको योगदान गरे । ओपनरद्वय असाद भाला र लेगा सियाकाले समान ८८ रन बनाए । 

यस्तै, चार्ल्स अमिनीले १५, रिले हेकुरेले ६, चाड सोपरले १, सिमोन अटेईले रन बनाए । टोनी उरा र नर्मन भनुआ शून्य रनमै आउट भए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक चार विकेट लिए । कप्तान सन्दिप लामिछाने र करन केसीले समान २२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । आजको खेलमा नेपालको सुरुवात केही राम्रो रहेपनि मध्यक्रम भने चल्न सकेन । 

नेपालका ओपनर कुशल भुर्तेलले खेलको पहिलो ओभरमा शानदार प्रदर्शन गरेपनि २५ रनमा क्याच आउट हुन पुगे । लगातार ठूलो सट खेल्ने धुनमा उनी कबुवा मोरेको बलमा लेगा सियकाबाट क्याच आउट भएका हुन् । त्यस्तै, त्यसपछि क्रिजमा आएका रोहितकुमार पौडेल पनि २ रनमै पेभेलियन फर्किए ।  यसअघिको खेलमा उत्कृष्ट प्रदर्शन गरेका पौडेल पनि त्यही लयमा रिले हेकुरेको बलमा नर्मन भनुआबाट आउट भए । 

नेपालका लागि मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । उनले ३८ बलमा ५४ रन बनाए । उनले टी(२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेर किर्तीमानसमेत राखेका छन् । पीएनजीविरुद्ध २१ रन बनाउँदै दीपेन्द्रले एक हजार रन पूरा गरेका हुन् । उनी नेपालबाट टी(२० अन्तर्राष्ट्रिय क्रिकेटमा  एक हजार रन पूरा गर्ने पहिलो खेलाडीसमेत बनेका छन् । 

दीपेन्द्रले ३९ खेलमा एक सतक र ४ अर्धसतकसहित १००० रन जोडेका हुन् । उनले जारी प्रतियोगितामै मलेसियाविरुद्ध नेपाली टि२० क्रिकेट इतिहासकै उत्कृष्ट शतक प्रहार गरेका थिए । दीपेन्द्रले टि२० आईमा २०१८ मा नेदरल्यान्ड्सविरुद्ध डेब्यू गरेका थिए । 

अन्य मध्यक्रम सम्हाल्न आएका आरिफ शेख, दिलीप नाथ र आदिल अन्सारी भने चल्न सकेनन् । आरिफ र दिलीप शून्यमा आउट हुँदा आदिलले १५ रन मात्र जोडे । त्यस्तै, ओपनर आशिफ शेख २९ रनमा आउट हुँदा करण केसीले ३३ रन जोडे । 

बलिङतर्फ पीएनजीका सिमो कामियले ३ विकेट लिए भने चाड सोपर, रिले हेकुरे र कबुआ मोरेले समान विकेट लिए । 

प्रतिक्रिया दिनुहोस