काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाल’ अभियानलाई माया गर्ने मात्र कम्युनिष्ट हुने बताएका छन् ।
एमालेनिकट बुद्धिजीवी परिषद्को १०औं राष्ट्रिय अधिवेशनको आइतबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले राष्ट्रिय हित चिताउने र गर्ने तथा जनताको सेवाका लागि काम गर्ने पार्टी कम्युनिष्ट हुने बताए ।
देशमा नाफामूलक राजनीतिले अस्थिरता ल्याएको बताउँदै उनले नाफामूलक राजनीति गर्नेले नाफा नहुनेबित्तिकै पार्टी टुक्र्याउने गरेको आरोप लगाए । समृद्ध नेपाल र सुखी नेपालीको अभियानका साथ एमाले अघि बढेको भन्दै उनले देश र जनताको समानुकूल समृद्धि बनाउने बाटोमा अघि बढेको बताए । आस्थाका आधारमा कसैमाथि विभेद नगर्ने बताउँदै ओलीले राजनीतिक आस्थाभन्दा राष्ट्रहितको विषयमा मिलेर काम गर्न सकिने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० चैत्र २०७८, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावलले सोधे केपी ओलीलाई पत्रकार सम्मेलनबाटै स्पष्टीकरण
प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरोको संक्रमण भएपछि केही दिन आराम गर्न चिकित्सकको सुझाव
केपी ओलीको शपथ ग्रहणमा गएनन् माधव नेपाल
केपी ओली प्रधानमन्त्रीमा नियुक्त
राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबीच संवाद र साझा प्रयास आवश्यक हुन्छ : केपी ओली
एमालेलाई ध्वस्त बनाउने प्रयास भइरहेको छ : केपी ओली