काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री तथा राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरेका छन् । उनले प्रधानमन्त्री देउवा भारतमा भारतीय जनता पार्टी र सोही पार्टीको सरकारसामु ‘लम्पसार’ भए‘को टिप्पणी गरे ।
सामाजिक सञ्जाल ट्वीटरमा शनिबार बिहान डा. लोहनीले लेखेका छन्, ‘सम्मानीय प्र।म। देउवाले भारतमा दुईटा नयाँ कुरा गरिसक्नुभयो । पहिलो, उहाँले प्रतिपक्षी नेतासँग भेट्नु भएन । दोस्रो उहाँले बिजेपी नेतासँग भेट्न पार्टी अफिसमै जानुभयो । मेरो प्रश्न के मित्रता कायम गर्न ‘लम्पसार’ नै हुनुपर्छ र रु’
प्रधानमन्त्री देउवाले पदीय मर्यादासमेत नराखेको लोहनीको आरोप छ । ‘आफ्नो मर्यादा आफैंले राख्ने कि नराख्ने ?’ लोहनीले अर्को प्रश्न गरेका छन् । प्रधानमन्त्री देउवा शुक्रबार भारतको तीन दिने औपचारिक भ्रमणमा गएका हुन् ।
उनले त्यहाँ विपक्षी दलको नेतासँग नभेटेको र भारतीय जनता पार्टीको कार्यालयमै गएर उक्त पार्टीका नेतासँग भेटेको भन्दै पूर्वपरराष्ट्रमन्त्रीदेखि परराष्ट्र मामिलाका जानकारहरूले देउवाको आलोचना गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ चैत्र २०७८, ०९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहकारीसम्बन्धी अध्यादेशमा भएका प्रावधान परिमार्जन गर्न प्रधानमन्त्रीलाई एमालेको सुझाव
ब्रेक लागिरहेका कामलाई सरकारले ‘थ्रु’ गरिरहेको छ : प्रधानमन्त्री ओली
देशको अर्थतन्त्रमा राजनीतिक अस्थिरताले प्रतिकुल असर पारेको छ: प्रधानमन्त्री ओली
डम्फु बजाएर गाइने सेलो नेपाली लोक सङ्गीतको महत्त्वपूर्ण विधा हो : प्रधानमन्त्री ओली
नयाँ वर्षको अवसरमा प्रधानमन्त्रीद्वारा चिनियाँ राष्ट्रपतिलाई शुभकामना
प्रधानमन्त्री ओलीको दाबी : कांग्रेसबाट मलाई पूरै सहयोग भएको छ, म पनि गर्छु