चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानिय तहको निर्वाचनमा तालमेल हुने बताएका छन ।
स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णयपछि आज चितवन आएका उनले भरतपुर बिमानस्थलमा संचारकर्मीहरूसंग कुरा गर्दै निर्वाचन तालमेलमै हुने बताएका हुन । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रको प्रमुखमा दाबी रहेको र गठबन्धनको बैठक बसेर टुङगाउने उनले बताए ।
उनले नेपाली कांग्रेसले गठबन्धन गर्ने निर्णयसँगै अब कुन पालिकामा कसलाई समर्थन गर्ने भन्नेबारे बैठक बसेर टुंगो लगाउने बताए। महानगर र उपमहागरमा गठबन्धन दलहरुले छलफल गर्ने र सोही अुनसार टुंगो लगाउने प्रचण्डको भनाइ छ ।
गठबन्धनको भोलि बैठक बस्ने र यसबारे निर्णय हुने बताउँदै उनले चुनावतर्फ सबै राजनीतिक दल लागिसकेको बताए । निर्वाचन हुने सुनिश्चत भएको र नेकपा माओवादी केन्द्र पनि यसको तयारीमा जुटिसकेको बताउँदै पार्टीकै निर्णय अनुसार गठबन्धन हुने प्रचण्डको भनाइ छ । उर्जामन्त्री पम्फा भुषाल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित प्रचण्ड चितवन आएका हुन
चिवतनमा उनले राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्नेछन् । त्यसपछि भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिमखण्ड शिल्यान्यास र भरतपुर महानगरपालिका–२२, धनौजीमा कभर्टहल उद्घाटन गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ चैत्र २०७८, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माटोको माया नगर्ने प्रवृत्तिले विदेशिने क्रम बढ्यो : प्रचण्ड
वर्षमानलाई लिएर किन तेह्रथुम जाँदैछन प्रचण्ड ?
हतियार उठाउने कुरा गरेका छैनौं, तर भ्रष्टहरुविरुद्ध शान्तिपूर्ण संघर्षमा छौं: प्रचण्ड
गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन नदिऔँ : प्रचण्ड
०८४ मा माओवादीले बहुमत ल्याउँछ, अब कसैको बैशाखी टेक्दैन: प्रचण्ड
उत्पादन र जीवनसँग जोडिने शिक्षालाई प्रोत्साहन गर्न आवश्यक: प्रचण्ड