काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटक निर्वाचन परिणाम माओवादीकाे पक्षमा बढी आउने दाबी गरेका छन् । उनले यसअघि अनेक जालझेल गरेर अन्य पार्टीले निर्वाचनकाे परिणाम हात पारेकाे र यसपटक निर्वाचनकाे नतिजा सुल्ट्याइने बताए ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका युवाहरूलाई पार्टी प्रवेश गराउँदै देशभर युवाहरूकाे पार्टीमा आकर्षण बढेकाले निर्वाचन परिणाम माओवादीकाे पक्षमा पार्न असहज नभएको दाबी गरे ।
उनले माओवादीमा प्रवेश गरेर सचेत युवा वर्गले सही निर्णय लिएकाे पनि बताए ।`तपाईं युवाहरूले सही निर्णय गर्नुभयाे । तपाईंहरूलाई बधाई र स्वागत गर्न चाहन्छु । संघीय लाेकतान्त्रिक गणतन्त्रकाे जन्मदाता माओवादी केन्द्र हाे । संविधानकाे रक्षा गर्न, सामाजिक न्यायसहितकाे समाज बनाउन र देशकाे समृद्धिसँगै विकास गर्ने पार्टी माओवादी हाे । अब यसपटक निर्वाचनको नतिजा हामीले सुल्ट्याउनुपर्छ´, प्रचण्डले मंगलबार भने ।
प्रचण्डले हेलम्बुका प्रभावशाली युवाहरू दिनेश थापा, सञ्जय तामाङ, समीर केसी, निमा लामा, मुस्कान भण्डारी, विकास लामालगायतलाई पार्टी प्रवेश गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ चैत्र २०७८, १७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माटोको माया नगर्ने प्रवृत्तिले विदेशिने क्रम बढ्यो : प्रचण्ड
वर्षमानलाई लिएर किन तेह्रथुम जाँदैछन प्रचण्ड ?
हतियार उठाउने कुरा गरेका छैनौं, तर भ्रष्टहरुविरुद्ध शान्तिपूर्ण संघर्षमा छौं: प्रचण्ड
गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन नदिऔँ : प्रचण्ड
०८४ मा माओवादीले बहुमत ल्याउँछ, अब कसैको बैशाखी टेक्दैन: प्रचण्ड
उत्पादन र जीवनसँग जोडिने शिक्षालाई प्रोत्साहन गर्न आवश्यक: प्रचण्ड