गोरखा जिल्लामा ४९ हजार ५ सय २० मतदाता थपिए

सफल खबर संवाददाता

मंगलबार, १५ चैत्र २०७८, १५ : ५१
गोरखा जिल्लामा ४९ हजार ५ सय २० मतदाता थपिए

काठमाडौँ ।गोरखा  जिल्लामा ४९ हजार ५ सय २० मतदाता थपिएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा २ लाख १८ हजार ५६३ मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार २०७४ सालको निर्वाचनमा १ लाख ६९ हजार ४३ मतदाता रहेका थिए । अब हुने स्थानीय तह निर्वाचनमा पुरुषभन्दा महिला मतदाताको संख्या धेरै छ । १ लाख १० हजार ३ सय ३ जना महिला छन् भने १ लाख ८ हजार २६० जना पुरष रहेको छन् । 


सबैभन्दा बढी मतदाता गोरखा नगरपालिकामा

अबको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी गोरखा नगरपालिकामा ३५ हजार ३१ र सबैभन्दा कम चुमनुव्री गाउँपालिकामा ५ हजार १ सय २ जना छन् ।पालुङटार नगरपालिकामा ३२ हजार ५ सय ९६, शहिद लखनमा २३ हजार ६ सय १७, सिरानचोकमा २१ हजार ३ सय १८, बारपाक सुलिकोटमा २० हजार ४ सय ९२ र भीमसेन थापामा १९ हजार ७ सय २२ मतदाता रहेका छन् ।

त्यस्तै आरुघाटमा १८ हजार ६ सय ७६, गण्डकीमा १८ हजार ५ सय ३१, अजिरकोटमा १२ हजार ५ सय ९२ र धार्चेमा १० हजार ८ सय ८६ मतदाता रहेको कार्यालयले जनाएको छ ।स्थानीय तहको निर्वाचनलाइ लक्षित गर्दै निर्वाचन आयोगले मंसिर १७ देखि एक महिनासम्म मतदाता नामावली संकलन अभियान चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस