काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले माधवकुमार नेपालले नेतृत्व गरेको पार्टी एकीकृत समाजवादीलाई झुप्रोको संज्ञा दिएका छन् । नेता नेपालले कम्युनिस्ट पार्टीको हवेली नेकपा एमालेलाई छाडेर सडकमा सानो झुपडी बनाएको टिप्पणी गरे ।
‘हाम्रा पार्टीका नेता लोभिपापी हुन् । माधव नेपालले निकै ठूलो काम गर्नुभो । सुपरमार्केट जत्रो पार्टीको नेता बन्न सक्नुभएन । अधिकार जमाउन सक्नु भएन । चोरेर लगेर सडकमा एउटा सानो झुपडी बनाउनुभाछ’, तनहुँमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने ।
नेकपा एमालेलाई संघीयता विरोधी भन्नेहरूलाई प्रश्न गर्दै उनले भने, ‘संघीयताको पक्षधर भनेको कस्तो हुनुपर्छ ? माधव नेपाल जस्तै सडक गएर रुनेहरू हुन् संघीयता पक्षधर !’
विदेशीको डिजाइनमा फसेर नेता नेपालले पार्टी फुटाएको उनको आरोप छ । अगाडी थप्दै भन्छन्, ‘कुनै न कुनै दिन यो सबै कुराको पर्दाफास हुन्छ । त्यो दिन माधव नेपाल रोएर एउटै कुनामा बस्नु बाहेक अरू उपाय हुनेछैन । सबैले उहाँलाई छोड्छन् ।’
नेकपा एमाले क्रान्तिकारी भएन भनेर छाडेका उनीसँग कुनै सिद्धान्त नभएको उपमहासचिव गुरुङको जिकिर छ । ‘नेकपा एमाले क्रान्तिकारी भएन । मुलुक निर्माण नगर्ने भो ।
मुलुकमा क्रान्ति नल्याउने भो । समाजवाद नल्याउने भो भनेका उनले कुन सैद्धान्तिक आधार बनाएका छन् त ? मार्गदर्शन के छ उहाँसँग ? कुनै न कुनै वाद त उहाँसँग हुनपर्यो नि’, उनले भने, ‘अध्यादेशबाट बनेको कुनै पनि पार्टी कम्युनिस्ट पार्टी बन्न सक्दैन ।’ अरू कसैको डिजाइनमा नेकपा एमालेलाई कमजोर गराउन प्रतिकृयावादीसँग सहकार्य भएर सरकार बनेको उनको भनाई छ ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले एमालेलाई आफ्नो घर भनेर फर्किएका कसैलाई पनि पक्षपात नगरिने बताएका छन् । गुरुङले एमालेको गतिलाई छेक्ने तागत कसैको नभएको जिकिर गरे ।
केन्द्रीय सदस्य भगवती न्यौपानेले पुँजीवादीको नेतृत्वमा समाजवाद ल्याउने भन्दै माधव नेपालले भ्रम छरेको आरोप लगाइन् । माधव नेपालले आफ्नो खुट्टा काटेर हिँड्न नसक्ने भएपछि कांग्रेससित हे प्रभु भन्दै खुट्टा मागिरहेको उनको टिप्पणी छ ।
दुई वडाध्यक्ष एमालेमा फर्किए
नेकपा एमाले परित्याग गरेर एकीकृत समाजवादीमा गएका तनहुँका दुई वडाध्यक्ष फेरी नेकपा एमालेमै फर्किएका छन् ।
शुक्लागण्डकी नगरपालिका–३ का वडाध्यक्ष रामकुमार श्रेष्ठ र शुक्लागण्डकी–५ का वडाध्यक्ष दीर्घबहादुर थापा फेरी एमालेमै फर्किएका हुन् ।
यस्तै, शुक्लागण्डकी–५ का वडासदस्य थपबहादुर थापाले पनि एकीकृत समाजवादी परित्याग गर्दै एमालेमा फर्किएको घोषणा गरेका छन् । तनहुँमा तत्तकालिन नेकपा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधि मध्य १३ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए । सनाखत गर्नेमा पाँच जना वडाध्यक्ष र आठ जना वडा सदस्य थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ चैत्र २०७८, १९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ
आइटी उद्योगमार्फत रोजगार सिजर्ना गर्न सकिन्छः सञ्चारमन्त्री गुरुङ
एमाले यही पाराले चले ८४ ले हावा खान्छ : पृथ्वीसुब्बा गुरुङ
पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई समृद्धितर्फ उन्मुख गर्न सकिने
डिजिटल नेपाल सरकारको पहिलो एजेण्डा : सञ्चारमन्त्री गुरुङ
मानवता नै सर्वोच्च धर्म हो : सञ्चारमन्त्री गुरुङ