माओवादी केन्द्र देशको शसक्त र निर्णायक शक्ति हो : प्रचण्ड

सफल खबर संवाददाता

शुक्रबार, ११ चैत्र २०७८, १६ : २९
माओवादी केन्द्र देशको शसक्त र निर्णायक शक्ति हो  : प्रचण्ड

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र देशको शसक्त र निर्णायक शक्ति भएको बताएका छन । शुक्रवार नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र चितवन जिल्ला संयोजन समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले कोही कसैले कमचोर सोच्दैमा कमजोर नहुने बताए । उनले सिङुगो पार्टिलाई निर्वाचन केन्द्रित कार्यक्रम बनाएर निर्वाचनमा होमिन नेता कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा नेता कार्यकर्तालाई सम्बोधनन गर्दै माडी र भरतपुरको स्थानिय तहको निर्वाचनमा माओवादीले ऐक्लै जित्ने अवस्था आफुले पाएको भन्दै एक ठिक्का र शसक्त भएर निर्वाचनमा होमिन आग्रह गरे । 

सो अवसरमा अध्यक्ष प्रचण्डले आगामी चुनाव अन्य दललाई केबल निर्वाचन मात्र भएको तर माओवादीलाई यूगान्तकारी परिवर्तनको रक्षाका लागि निर्वाचन जित्नै पर्ने बताए ।कार्यक्रममा बोल्दै उनले भने, "प्रतिकृयावादी  शक्तिहरु माओवादी नेत्रित्व र माओवादी पार्टीलाई हराएर  सिध्याउन खोजिरहेका छन ।  त्यसलाई परास्त गर्न दृढताका साथ अगाडी  बढनुपर्छ" । 

उनले माओवादी केन्द्र नेपाली राजनितिमा हिजो पनि केन्द्रमै रहेको र आज र भोलि पनी केन्द्रमै हुने बताउँदै देशका लागि शसक्तm ढंगले प्रतिकार र मुकाबिला गर्न आग्रह गरे । संबिधान सभा मार्फत संघिय लोकतान्त्रिक गणतन्त्रिक संबिधान निर्माण संबिधानको रक्षा र मुलुकको संबृद्दी माओवादी केन्द्रबाट मात्रै सम्भव भएको बताए ।कार्यक्रम  जित्ला संयोजक  राम चन्द्र अधिकारीको अध्यक्षतामा सम्पन भएको हो । 

प्रतिक्रिया दिनुहोस