सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टलाई दलको सदस्यबाट निलम्बन गरेको छ ।दलका नेता महेन्द्रबहादुर शाहीले आज प्रेस नोट जारी गर्दै विष्टलाई दलको सदस्यबाट निलम्बन गरिएको जानकारी दिएका हुन् ।
विष्ट नेकपा एमाले प्रवेश गर्ने तयारीमा छन् । उनले यसअघि नै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । उनलाई चैत ३ गते बसेको प्रदेशसभा दलको बैठकले राजीनामा फिर्ता लिएर नियमित काममा क्रियाशील हुन निर्देशन दिएको थियो । तर त्यो निर्देशन अवज्ञा गरेको भन्दै उनलाई दलको सदस्यबाट निलम्बन गरिएको शाहीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ चैत्र २०७८, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेश सभामा रिक्त संसदीय समितिले पायो पूर्णता
कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिवको जिम्मा उपाध्यायलाई
भूकम्पबाट क्षति विद्यालय प्रदेश सरकारले पुनः निर्माण गर्ने
कर्णाली प्रदेश सभा बैठक आह्वान
उपनिर्वाचन : कर्णालीका ८ स्थानीय तहमा मतदान जारी
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोड