गोरखा । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेको वास्तविक नाम नरहेको बताएका छन् । पार्टीद्वारा शनिबार गोरखामा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले एमालेको सुर्यमा ग्रहण लागिसकेको बताउँदै वास्तविक एमालेबाट बीमाले, सीमाले बनेको बताए ।
‘नेकपा एमाले अब एमाले रहेन । बीमाले, सीमाले भन्नुस् । सूर्यमा ग्रहण लागिसकेको छ मूलधारको पार्टी हाम्रो हो,’ उनले यसअघि भने, ‘मूलधारको पार्टी हुनाले अहिले हाम्रो पार्टीको महत्व जनताले बुझिसकेका छन् । हामीले विद्रोह गरेर निर्माण गरेको पार्टी नेकपाको निरन्तरता हो ।’
अध्यक्ष नेपालले एमालेबाट छुट्टिएर बनाएको नेकपा (एस) नै मूलधारको पार्टी रहेको बताए । उनका अनुसार नेकपा (एस) एउटै पार्टी हो जसले मात्र जनताको समस्या बुझिरहेको छ ।
अहिले एमाले छोडेर आफ्नो पार्टीमा आउनेहरुको संख्या असंख्या रहेको पनि अध्यक्ष नेपालको भनाइ छ । साथै, आगामी हुने चुनावले नेकपा (एस) को जग दह्रो बनाउने पनि उनले ठोकुवा गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ चैत्र २०७८, १६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा देशलाई लैजान हुँदैन : माधव नेपाल
कम्युनिष्ट भनिएकाहरूले मुलुक चलाए पनि जनता सन्तुष्ट छैनन् : माधव नेपाल
प्रचण्ड, माधव नेपाल र राजेन्द्र लिङदेनबिच छलफल
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, पार्टी एकताको विषयमा छलफल
ओलीलाई बीआरआई परियोजना स्वीकार्न माधव नेपालको सुझाव
दुई दलीय व्यवस्थाका लागि सरकारले अध्यादेश ल्याउन लागेको हो : माधव नेपाल