काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले एमसीसीबारे पार्टीमा रहेको मतभेदबारे अहिले आफुले केही नबोल्ने बताएका छन् । काठमाडौमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै नेता श्रेष्ठले स्थानीय निर्वाचनपछि एमसीसीबारे पार्टीमा व्यापक बहस हुने भन्दै अहिले नै त्यसबारे आफुले केही नबोल्ने बताएका हुन् ।
एमसीसीबारे पार्टीमा मतभेद छ । तर त्यो कुरा म अहिले बोल्दिन’, नेता श्रेष्ठले सँगै बसेका अध्यक्ष प्रचण्डतर्फ देखाउँदै भने, ‘१२ बुँदे व्याख्यासहित अध्यक्षको निर्देशनमा हाम्रो पार्टीले पनि अनुमोदन गर्न सघाएको हो तर किन अनुमोदन गर्यो त्यो कुरा अध्यक्षले नै बताउनुहुन्छ, म बोल्दिन ।’
उनले एमसीसीबारे पार्टीमा मतभेद रहेको कुरा भने सत्य भएको बताए । ‘जेठ २० बाट एमसीसीबारे राष्ट्रव्यापी बहस चलाउँछौ । यो ठिक कि वेठिक भनेर । त्यतिखेर पनि तपाईहरुले टाउको र दिमाग खुला राख्नुहोला’, श्रेष्ठको कार्यकर्तालाई सुझाव छ ।
उनले एमसीसी अमेरिकी राष्ट्रिय सुरक्षा नीतिको एउटा अंग हो भन्ने सोचेर नै आफुहरुले यथास्थितिमा स्वीकार गर्नुहुँदैन भनेर भन्ने गरेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ चैत्र २०७८, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीजी मन्त्र जपे जसरी भारत भ्रमणमा जाँदैछु, जाँदैछु भन्दै हुनुहुन्छ : नारायणकाजी श्रेष्ठ
संघीयता कार्यान्वयनका लागि केही बाध्यकारी निर्णय गर्न ढिलाइ : नारायणकाजी श्रेष्ठ
अहिलेसम्म कुनै सरकारले नगरेको सुशासनको काम हाम्रो सरकारले गर्यो : नारायणकाजी श्रेष्ठ
यो सरकारले समीक्षा गर्न लायक कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
भूराजनीतिले प्रभाव बढ्दैछ, हामी कसैको हस्तक्षेप स्वीर्कादैनौं: नारायणकाजी श्रेष्ठ
संविधान संशोधन गर्न हामी सहयोग गर्छौं : नारायणकाजी श्रेष्ठ