काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आजदेखि एक महिने अभियान सुरु गरेको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई लक्षित गरी ‘घर घर जाऔं, कांग्रेस जिताऔँ’ भन्ने नाराको साथ अभियान सुरु भएको हो । अभियानको लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाएको छ । अभियानकै लागि बझाङ सदरमुकाम चैनपुरमा उद्घाटन कार्यक्रममा पुगेका कांग्रेस नेता रमेश लेखकले कार्यकर्तामा अत्यन्तै उत्साहा भेटेको बताएका छन् ।
कम्युनिष्टले अघिल्लो चुनावमा स्थिरता, विकास र आर्थिक सम्वृद्धिको नारा बाढेर व्यवहारमा नदेखाउँदा जनतामा निरासा मात्रै छाएकोले कांग्रेसमा आकर्षण बढेको नेता लेखकको भनाइ छ ।
उनले भने, बझाङमा कांग्रेसको पक्षमा माहोल छ । म एक दुई हप्ता यसै बसेर चुनावी अभियानमा सहभागी हुन्छु । गाउँघर,टोल र वडामा घुम्छु ।’
यस्तै आज कांग्रेस नेतृ लक्ष्मी परियार उदयपुर गाइघाटस्थित आफ्नै निर्वाचन क्षेत्रमा सहभागी भइन् । उनले पनि उद्घाटन कार्यक्रम अत्यन्तै उत्साहपूर्ण रहेको बताईन् ।
उनले भनिन् ‘कार्यक्रमको सुरुदेखि अन्त्यसम्म सवै कार्यकर्ता सहभागी भए । यो एक महिनाभित्र हामी प्रतिस्पर्धी दलसँग चुनावमा जित्नेगरी जान्छौं भन्ने छ ।
कम्युनिष्ट पार्टीका कार्यकर्ताले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छरेको भ्रम झण्डै ५० प्रतिशत चिरिइसकेको अवस्था छ । ’
कार्यकर्ता खोज्न केहि ढिला गर्नुभयो भन्ने केहि गुनासो आएपनि कार्यकर्ता आक्रोसित नै चाहिँ भइनसकेको उनले बताईन् ।
अभियान अवधिभर कांग्रेसले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गरिएको कारणबारे प्रष्ट्याउनुको साथै संविधानको रक्षाको लागि कांग्रेसले निर्वाह गरेको भूमिकाको सन्दर्भमा जनतालाई प्रष्ट पार्ने लक्ष्य लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ फागुन २०७८, २१ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीको दाबी : कांग्रेसबाट मलाई पूरै सहयोग भएको छ, म पनि गर्छु
विदेशी वक्ताहरूलाई बोलाएर अर्थ र रोजगारी जोडिएका कार्यक्रम गर्दै काँग्रेस
फागुन मसान्तभित्र कार्ययोजना पेश गर्न विभागलाई कांग्रेसको निर्देशन
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त
काँग्रेसले तीन नेतालाई तोक्यो सात प्रदेशको जिम्मेवारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै