काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवाको आँगनमा माछा परेको टिप्पणी गरेका छन् । आइतबार एमाले उद्योग विभागले आयोजना गरेको उद्योगी व्यवसायीहरुसँगको छलफलमा एमाले अध्यक्ष ओलीले देउवाको आगनमा पानी नपरेको बेलामा माछा परेको टिप्पणी गरेका हुन् ।
प्रतिनिधि सभामा कम सिट भए पनि गठबन्धनका कारण देउवाले प्रधानमन्त्री पद पाएको तर्फ लक्षित गर्दै ओलीले समुन्द्र र पोखरी छेउवा नभए पनि देउवाको आगनमा माछो परेको टिप्पणि गरेका हुन् ।
'देउवाजीको आँगनमा माछो परो बादल लागेको बेलामा । न समुद्र न पोखरी, न खोला माछा पर्छ कहिले काँही तपाईंहरुले देख्नु भएको छ कि छैन मैले देखेको छु' उनले भने, 'त्यही भएर उहाँलाई केही चिन्ता छैन । माछो ल्याएर घैलामा राख्नु भएको छ ।'
अदालतको परमादेशका कारण आफू सत्ताबाट हट्नु परेको बताउँदै आएको ओलीले भने, 'परमादेशबाट पारिदिएको माछाको चिन्ता छ त्यसकारण उहाँलाई देशको चिन्ता छैन ।' त्यही भएर देउवाले देशको अर्थतन्त्रमा ध्यान नदिएको उनको आरोप थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ फागुन २०७८, २१ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ब्रेक लागिरहेका कामलाई सरकारले ‘थ्रु’ गरिरहेको छ : प्रधानमन्त्री ओली
देशको अर्थतन्त्रमा राजनीतिक अस्थिरताले प्रतिकुल असर पारेको छ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीबाट सहिद स्मारक र सहिद गेटमा पुष्पहार अर्पण
प्रधानमन्त्री ओलीको दाबी : कांग्रेसबाट मलाई पूरै सहयोग भएको छ, म पनि गर्छु
प्रधानमन्त्रीको गुनासो : सामान्य रुघाखोकी लाग्दा पनि अक्सिजन माक्स लगाएको तस्बिर देखाइयो
सिद्धबाबा सुरुङ मार्गको ब्रेक थ्रु गर्दै ओलीले भने - शिघ्र विकास र सुशासनका लागि सरकार तल्लीन