आजको मौसम : प्रदेश १ र गण्डकीमा वर्षाको सम्भावना

सफल खबर संवाददाता

आइतबार, २९ फागुन २०७८, ०७ : ५३
आजको मौसम : प्रदेश १ र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको अंशिक प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

पूर्वी हिमाली भूभागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  सोमबार पहाडी भू-भागमा आंशिक बदली र अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस