काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै दम्भका कारण नेकपा एमालेका अध्यक्ष सडकमा पछारिएको बताएका छन् । र आफूहरु देशको अगुवाइ गरिरहेको बताएका छन् ।
‘सबै ठाउँमा सरकारमा बसेका केपी ओली किन सडकमा छारिन पुगे ? के गर्छस् मंगले आफ्नै ढंगले’ धादिङको गल्छीमा आयोजित कार्यक्रममा उनले भने, ‘केपी ओली आफ्नै कुवुद्धिले, आफ्नै ढंगले, आफ्नै दम्भले गर्दा आज सडकमा पछारिएका छन् । हामी देशको अगुवाइ गरिरहेका छौं ।’
पाँच दलीय गठबन्धन भत्काउन एमाले अध्यक्ष ओलीले निकै प्रयास गरे पनि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनतिर इमान्दारिता देखाएको बताए ।
‘यो गठबन्धन भताभुंग पार्न केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई निकै चारा फाल्ने कोशिस गरे, हाम्रो एकता तोड्न कोशिस गरे । मान्छेलाई लाग्यो कतै केपी ओली र शेरबहादुर मिल्ने त होइन ?’ उनले भने, ‘तर शेरबहादुरजीले इमान्दारिता राख्नुभइयो । उहाँले भन्नुभयो–संकटका बेला मिलेर अघि बढेका छौं । यो संकटका बेलाको मित्रतामा घात गर्न सक्दिन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ फागुन २०७८, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा देशलाई लैजान हुँदैन : माधव नेपाल
कम्युनिष्ट भनिएकाहरूले मुलुक चलाए पनि जनता सन्तुष्ट छैनन् : माधव नेपाल
प्रचण्ड, माधव नेपाल र राजेन्द्र लिङदेनबिच छलफल
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, पार्टी एकताको विषयमा छलफल
ओलीलाई बीआरआई परियोजना स्वीकार्न माधव नेपालको सुझाव
दुई दलीय व्यवस्थाका लागि सरकारले अध्यादेश ल्याउन लागेको हो : माधव नेपाल