बी डिभिजन लिग–वीरगञ्ज र आरसिटीले अंक बाँडे

सफल खबर संवाददाता

शनिबार, २८ फागुन २०७८, १५ : ४८
बी डिभिजन लिग–वीरगञ्ज र आरसिटीले अंक बाँडे

काठमाडौं । सहिद स्मारक बी डिभिजन लिगमा वीरगञ्ज युनाइटेड र रानीपोखरी कर्नर टिम आरसिटीले बराबरी खेलेका छन्।एन्फा कम्प्लेक्समा शनिबार भएको दोस्रो खेलमा दुवै टोलीले २(२ गोलको बराबरी खेलेका हुन् ।

अग्रता जोगाउन नसक्दा वीरगञ्ज अंक बाँड्न बाध्य बन्यो । खेलको ३१ औं मिनेटमा विज्ञान चौधरीले गोल गर्दै वीरगञ्जलाई अग्रता दिलाएका थिए ।
४१ औं मिनेटमा अमर डंगोलले गोल गर्दै आरसिटीलाई १–१ गोलको बराबरीमा ल्याए  । ४७ औं मिनेटमा कृपाकान्त महतो थारुले गोल गर्दै वीरगञ्जलाई २–१ ले अघि बढाएका थिए ।

खेलको ८१ औं मिनेटमा आरसिटीका अमरले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २(२ को बराबरीमा सकिएको हो । यो बराबरीसँगै दुवै टोलीले ४ खेलबाट समान ५ अंक जोडेका छन् ।लिग अन्तर्गत नै आज भएको पहिलो खेलमा बाँसबारी क्लबले मध्यपुर युथ एसोसिएसनमाथि ६(० को फराकिलो जित हात पारेको थियो ।  

प्रतिक्रिया दिनुहोस