भ्रष्टाचार आरोपमा विपक्षी दलका नेता पक्राउ

सफल खबर संवाददाता

शनिबार, २८ फागुन २०७८, १४ : ३२
भ्रष्टाचार आरोपमा विपक्षी दलका नेता पक्राउ

 पाकिस्तानमा भ्रष्टाचारको आरोपमा विपक्षी दलका नेतालाई पक्राउ गरिएको छ। पाकिस्तान संघीय अनुसन्धान निकायले पाकिस्तान मुस्लिम लिग नवाज पिएमएल—एनका नेता तथा पूर्वसिनेटर चौधरी तानविर खानलाई पक्राउ गरेको हो।

उनलाई शुक्रबार कराँचीबाट पक्राउ गरिएको सरकारी अधिकारीहरुले पुष्टि गरेको स्थानीय समाचार संस्थाहरुले जनाएका छन्। नेता खान विमान चढेर संयुक्त अरब इमिरेट्स प्रस्थान गर्न लागेको बेला पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन्।

उनलाई भ्रष्टाचारको आरोप लगाउँदै पक्राउ सूचीमा यसअघि नै राखिएको थियो। पक्राउ गरिएपछि अब अरु कानुनी प्रक्रिया सुरु हुने अधिकारीहरुको भनाइ छ।   

प्रतिक्रिया दिनुहोस