जुम्लामा छोरीलाई सम्पत्ति दिने परिवारहरूलाई सम्मान

सफल खबर संवाददाता

शनिबार, २८ फागुन २०७८, १३ : २९
जुम्लामा छोरीलाई सम्पत्ति दिने परिवारहरूलाई सम्मान

काठमाडौं ।  जुम्लाको हिमा गाउँपालिकाले छोरीलाई सम्पत्ति दिने परिवारहरूलाई सम्मान गरेको छ ।महिलासँग उपाध्यक्ष कार्यक्रममार्फत् छोरीलाई पनि छोरा सरह समान सम्पत्ति दिएका घर परिवारलाई सम्मान गरिएको हो ।

पालिकाले गाउँपालिकाभित्रका छोरीलाई सम्पत्ति दिने परिवारलाई सम्मान गरेको उपाध्यक्ष हिमाली रोकायाले बताइन् ।उनले भनिन्, ‘छोरा हुन् वा छोरी दुवै बराबरी भन्ने सरकारी नारालाई कार्यान्वयन गर्नका लागि छोरीलाई सम्पत्ति दिने र छुइ प्रथा नबार्ने परिवारलाई पनि सम्मान गरिएको हो ।’उपाध्यक्ष रोकायाका अनुसार सबै पालिकाले यो नारालाई कार्यान्वयन गर्नुपर्छ ।सम्मान पाउनेमा जिरु रोकाया, खम्मा शाही, देबुसुनार, मुगा शाही, डुगल शाही, आनन्द शाही  रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस